हिमालयन रिका अध्यक्ष उदय कुमार निरौलाले दिए राजीनामा
१८ भाद्र २०८३, बिहीबार ०९:२७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष उदर कुमार निरौलाले अध्यक्ष तथा सञ्चालक पदबाट राजीनामा दिएका छन् ।
अध्यक्ष निरौलाले व्यक्तिगत कारण देखाएर साउन २९ गते सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका थिए। सो सम्बन्धमा भदौ १० गते बसेको सञ्चालक समितिको ८९औं बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।
बैंकले अध्यक्ष निरौलाले दिएको राजीनामा भदौ १० गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको कम्पनी सचिव सन्तोष केसीले जानकारी दिएका छन्।









