बाढीपीडितलाई युनिलिभरको राहत प्याकेज : ५ करोड नगद र २६ टन अत्यावश्यक सामग्री

२२ भाद्र २०८३, सोमबार १८:२३

काठमाडौं । नेपालका विभिन्न समुदायहरूमा हालै आएको बाढीबाट प्रभावित भइरहेका बेला, युनिलिभर नेपाल लिमिटेड ले राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड योगदान गरेको छ।

उद्धार तथा पुनःस्थापना कार्यहरू निरन्तर भइरहेका अवस्थामा र बाढीको पानी घट्दै जाँदा, प्रभावित समुदायहरूमा सुरक्षित र स्वस्थ जीवनयापनको अवस्था पुनःस्थापित गर्नु अत्यन्त आवश्यक रहेको छ। यस उद्देश्यका साथ, युनिलिभर नेपाल लिमिटेडले थप करिब २६ टन दैनिक अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीहरू उपलब्ध गराएको छ, जसको मूल्य करिब रु. १ करोड रहेको छ।

बाढीपछि बढ्न सक्ने प्रदूषण तथा संक्रमणको जोखिमलाई ध्यानमा राख्दै, लाइफबोय, लक्स, सनसिल्क, क्लोजअप, भिम र रिन लगायत युनिलिभरका स्वास्थ्य तथा घरायसी सरसफाइसम्बन्धी उत्पादनहरूले प्रभावित परिवारहरूलाई आफ्नो वरपरको वातावरण सफा तथा स्वच्छ राख्न र व्यक्तिगत सरसफाइ कायम राख्न सहयोग पुर्‍याउने उद्देश्य राखेका छन्।

यस पहलका बारेमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले भने “नेपालले हरेक चुनौतीपूर्ण परिस्थितिमा अद्भुत धैर्यता र सहनशीलता देखाउँदै आएको छ। यस्ता कठिन समयमा हामी सबै एकजुट भएर सबैभन्दा बढी प्रभावित समुदायहरूको साथमा उभिनु महत्वपूर्ण हुन्छ। हामी जारी राहत प्रयासहरूमा सहयोग पुर्‍याउन र प्रभावित परिवारहरूलाई पुनःस्थापनाको यात्रामा साथ दिन सक्ने आशा राख्दछौँ।”

युनिलिभर नेपाल लिमिटेड स्वास्थ्य, सरसफाइ तथा सामाजिक कल्याणमा केन्द्रित अर्थपूर्ण पहलहरूमार्फत समुदायहरूलाई सहयोग पुर्‍याउन प्रतिबद्ध रहँदै आएको छ। नेपालभर सकारात्मक प्रभाव सिर्जना गर्ने आफ्नो निरन्तर प्रतिबद्धताको एक हिस्साका रूपमा, यस सहयोगमार्फत प्रभावित समुदायहरूको कल्याणमा योगदान पुर्‍याउँदै कठिन परिस्थितिहरू सामना गर्न सामूहिक प्रयासहरूलाई समर्थन गर्ने उद्देश्य राखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*