मुस्ताङ केन्द्रविन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प
२४ भाद्र २०८३, बुधबार ०८:०३

काठमाडौं । गएराति मुस्ताङ जिल्लाको लोमन्थाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ५३ मिनेटको समयमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो।
उक्त भूकम्पको धक्का मुस्ताङका साथसाथै आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।









