सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?
२४ भाद्र २०८३, बुधबार १०:४८

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ५९ हजार २६० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य पनि तोला ४० रुपैयाँले घटेर प्रतितोला चार हजार ७५० रुपैयाँमा कारोबार भइरहेको हो ।









