सम्झनामा माओः विचार–बहस र ५० वर्षपछि पनि उत्तिकै सान्दर्भिक

२४ भाद्र २०८३, बुधबार १२:०२

काठमाडौं । आज २४ भदौ (९ सेप्टेम्बर), हरेक वर्षको सेप्टेम्बर ९ तारिखले विश्व राजनीति, विशेषगरी कम्युनिष्ट आन्दोलनका अनुयायीहरूले एउटा ऐतिहासिक घटनाको रुपमा माओत्से तुङको स्मृति दिवस मनाइरहेका छन् । सन् १९७६ सेप्टेम्बर ९ का दिन आधुनिक चीनका संस्थापक माओ त्सेतुङले संसारबाट बिदा लिएका थिए । आधुनिक चीनका जन्मदाता र विश्व मानचित्रका वैकल्पिक नेतृत्व क्षमता भएका माओको भौतिक शरीर अवसान भएको ठीक ५० वर्ष पुगेको छ । ५० औं बर्षमा पुग्दा पनि माओको सान्दर्भिकता उत्तिकै छ ।

आजको आधुनिक युगमा समय बदलिएको छ, प्रविधि फेरिएको छ र, पनि माओवादी विचाधाराका रुपमा अझै जीवितै छन् । जसरी पाँच दशकअघि माओले छाडेर जाँदाको चीन र आजको चीनमा आकाश–जमिनको अन्तर आइसकेको छ । तर, उनले प्रतिपादन गरेको ‘माओवाद’ र सैन्य रणनीतिका बहसहरू भने आज पनि उत्तिकै जीवित छन् ।

माओको जन्मथलो चीनको हुनान प्रान्तस्थित साओसानमा भने उनका अनुयायीहरूको ठूलो भिड लागेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एपिएफको रिपोर्ट अनुसार, “चिनियाँ कम्युनिष्ट नेता माओ त्सेतुङको निधन भएको ५० वर्ष पुगेका अवसरमा उनका कट्टर समर्थकहरूले बुधबार उनको गृहनगरमा तस्बिर, झण्डा र ठूला फूलका गुच्छासहित लाइन लागेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।”

क्रान्तिदेखि आधुनिक अर्थतन्त्रसम्मको यात्रासन् १९४९ मा लामो गृहयुद्ध र ‘लङ मार्च’ पछि माओकै नेतृत्वमा जनवादी गणतन्त्र चीनको घोषणा भएको थियो । उत्पीडित वर्ग, किसान र मजदुरहरूलाई सत्ताको केन्द्रमा ल्याउने उनको दर्शनले तत्कालीन समयमा विश्वभरि नै हलचल पैदा गरेको थियो। नेपालको १० वर्षे सशस्त्र द्वन्द्वको मुख्य वैचारिक जग पनि माओकै ‘दीर्घकालीन जनयुद्ध’ को सिद्धान्तमा आधारित थियो । यद्यपि नेपालमा केही कम्युनिष्ट पार्टीहरुले माओवादी विचारधारा मात्रै भनेर पनि अनुयायी गर्ने गरेका छन् ।

माओ नेतृत्वमा सम्पन्न सांस्कृति क्रान्तिपछिको पाँच दशकको अवधिमा चीनले माओकालीन आर्थिक बन्द समाजबाट फड्को मार्दै विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति बन्ने यात्रा तय गरिसकेको छ भने साम्राज्यवादी अमेरिका विस्तारै कमजोर बन्दै गइरहेको छ ।

संसार जतिसुकै आधुनिक र पुँजीवादी रूपमा अघि बढे पनि, सर्वहारा वर्गको आवाज र क्रान्तिकारी रूपान्तरणको बहस चल्दा कमरेड माओको नाम र विचार इतिहासको पानाबाट कहिल्यै नमेटिने गरी छाप छोड्न सफल दार्शनिक माओको स्मृद्धि दिवस यस पटक नेपालमा भने खासै मनाइएको छैन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*