परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता

७ आश्विन २०८३, बुधबार ११:४४

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता भएको छ। महासभाको उच्चस्तरीय सत्रका क्रममा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको हो।

भेटमा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार तथा भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता र तत्काल उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। उनले विपद्का समयमा भारतबाट प्राप्त मानवीय तथा आवश्यक सहयोगका लागि नेपाल सरकार र जनताको तर्फबाट कृतज्ञता व्यक्त गरेको बताएका छन्।

वार्ताका क्रममा नेपाल–भारतबीच आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान भएको जनाइएको छ। दुवै पक्षले लामो समयदेखि कायम दुई देशबीचको निकट सम्बन्धलाई थप सुदृढ बनाउँदै पारस्परिक सहकार्यलाई अघि बढाउने विषयमा जोड दिएका छन्।

भारतले नेपालमा आएको बाढीपछि उद्धार तथा राहतका लागि सहयोग उपलब्ध गराएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमार्फत सम्पर्क गरी नेपाललाई आवश्यक मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*