पूर्वप्रधानन्यायाधीशलाई पक्रेर सरकारले राज्य आतंक सिर्जना गर्योः ऐन महर

१२ आश्विन २०८३, सोमबार १४:४०

काठमाडौं । नेकपा (एमाले) का सांसद एवं प्रमुख सचेतक ऐन महरले सरकारले बिना कसुर पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्रेर राज्य आतंक सिर्जना गरेको बताएका छन् ।

आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सरकाले आइतबार बिहानै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रलाई पक्राउ गरेको घटनाप्रति टिप्पणी गर्दै थ्रेट पाउनेलाई उल्टै पक्रेर थ्रेट दिनेलाई सुरक्षा दिंदै राज्य आतंक सिर्जना गरेको बताएका हुन् ।

बिनाकसुर र बिनाअभियोग पक्राउ गरिएको भन्दै उनले लोकतन्त्रमा कानून र प्रश्नभन्दा माथि कोही पनि नहुने बताए । साथै उनले सरकारको आलोचना तथा विरोध गरेकै आधारमा हुर्मत लिने कार्य समेत गरिरहेको उल्लेख गरे ।

सरकारले पाएको झण्डै दुई तिहाईको जनमत कानूनी शासन उल्लंघन गर्न नभएको उल्लेख गर्दै चोलेन्द्र शमशेरलाई थ्रेट दिने जेनजी सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले सरकारलाई पूर्वाग्रही तरिकाले कदम नचाली तथ्य र प्रमाणका आधारमा पक्राउ गर्न सुझाव दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*