बीमापोष्टकी उप सम्पादक रिना खत्रीलाई पितृ शोक
२२ आश्विन २०८३, बिहीबार १८:२१

काठमाडौं । बीमापोष्टकर्मी रिना खत्रीलाई पितृ शोक परेको छ । उप सम्पादक खत्रीका बुवा धन बहादुर खत्रीको आज विहान पाटन अस्पतालमा उपचारको त्रममा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।
विगत एक सातादेखि ज्वरोले थलिएका खत्रीको निधन पश्चात आजै अपरान्ह पशुपति आर्यघाटमा अत्यष्टी गरिएको छ । उहाँका दुई छोरी र श्रीमती छन् ।











