ग्यालेक्सी एस२६ एफई सार्वजनिक, प्रिमियम अनुभवसँगै अझ स्मार्ट ग्यालेक्सी एआई

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एस२६ परिवारमा नयाँ सदस्यका रूपमा ग्यालेक्सी एस२६ एफई सार्वजनिक गरेको छ। यो वन यूआई ९ सहित आउने ग्यालेक्सी एस२६ सिरिजको पहिलो स्मार्टफोन भइ, सुरुदेखि नै थप ग्राहकसम्म नयाँ प्रिमियम ग्यालेक्सी अनुभव पुर्याउनेछ। उच्च क्यामेरा र अझ बढी इन्टेलिजेन्ट ग्यालेक्सी एआईका साथ यसले दैनिक फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई अझ राम्रो बनाउनेछ। पातलो र हल्का डिजाइनमा ग्राहकले सबैभन्दा धेरै चाहने सुविधाहरूलाई ध्यानमा राख्दै तयार गरिएको ग्यालेक्सी एस२६ एफईले ग्यालेक्सी एस सिरिजको विशेष अनुभवलाई निरन्तरता दिएको छ।
सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ एमएक्स, सामसङ नेपाल, प्रणय रत्न स्थापितले भने, ‘ ग्यालेक्सी एस२६ एफई दैनिक जीवनमा हरेक सुविधाले अर्थपूर्ण फरक पारोस् भन्ने कुरालाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यसले ग्यालेक्सी एस सिरिजका विशेष सुविधाहरूलाई अझ धेरै ग्राहकसम्म पुर्याउनेछ।
अझ स्पष्ट तस्बिर, सजिलो एडिटिङ
ग्यालेक्सी एस२६ एफईले फोटो खिच्नेदेखि एडिट गर्नेसम्म अझ राम्रो क्यामेरा अनुभव प्रदान गर्छ। यसको सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिंगले स्थिर तस्बिरदेखि छिटो दृश्यसम्म महत्वपूर्ण क्षणहरूलाई स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न मद्दत गर्छ।
नयाँ ग्यालेक्सी फोल्डेबलहरुमा प्रस्तुत गरिएको माई फ्यानक्याम अब ग्यालेक्सी एस२६ एफई मा पनि उपलब्ध छ। यसले चुनिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्छ र चलिरहेको सीन अनुसार भिडियोको फ्रेमलाई मिलाउँछ।
भिडियो खिच्दा होरिजोन्टल लकसहितको सुपर स्टेडीले छिटो चलिरहेका गतिविधिहरूको भिडियोलाई अझ स्थिर र सीधा खिच्न मद्दत गर्छ। Galaxy S26 FE मा 3x Optical Zoom पनि रहेको छ, जसले टाढाबाट खिच्न अझ सहज बनाउँछ।
Galaxy S सिरिजको विशेष सुविधा Nightography ले अँध्यारोमा पनि उज्यालो र स्पष्ट फोटो खिच्न मद्दत गर्छ र खिच्न गारो अवस्थामा समेत फोटोको डिटेलहरुलाई स्पष्ट राख्छ।
AI अनुभव, सधैं एक कदम अगाडि
नयाँ One UI 9 का साथ Galaxy S26 FE मा दैनिक कामलाई अझ सजिलो बनाउने विभिन्न intuitive र context-aware Galaxy AI सुविधा रहेका छन्। यसले ग्राहकको दैनिक रूटीन अनुसार आवश्यक जानकारी दिनुका साथै कामहरूलाई व्यवस्थित राख्न मद्दत गर्छ।
उपलब्धता
| मोडलको नाम | रंग | RRP | २४ महिनाको EMI |
| Galaxy S26 FE (8/256GB) | Pistachio | रु १,२४,९९९ | रु ३,३९२ |
| Graphite | |||
| Blueberry |
अपग्रेड अनुभव बढाउन सामसुङले निम्न अफरहरू प्रस्तुत गर्दैछ।
एक्सचेन्ज बोनस: ग्राहकहरूले रु १०,००० सम्मको थप एक्सचेन्ज बोनस द्वारा डाउन पेमेन्टको रकम कम गर्न मद्दत गर्नेछ।
Google AI Pro Subscription: ग्राहकहरूले रु १८,३५१ मूल्यको ६ महिना Google AI Pro Subscription निःशुल्क पाउनेछन्।
EMI सुविधा: ग्राहकहरूले २४ महिनाको सजिलो EMI सुविधा लिन सक्नेछन्, जसको मासिक किस्ता रु. ३,३९२ बाट सुरु हुन्छ।











