बूढानीलकण्ठमा २१ किलो अवैध सुन बरामद, केही व्यक्ति प्रहरी नियन्त्रणमा
२३ आश्विन २०८३, शुक्रबार १०:०५

काठमाडौँ । काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो अवैध सुन बरामद गरेको छ। विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उक्त परिमाणको सुन बरामद गरेको हो।
प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो तयारी अवस्थामा रहेको छ भने १० किलो प्रशोधन गर्न बाँकी अवस्थामा फेला परेको छ। सुन बरामद गर्ने क्रममा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।
बरामद सुन कहाँबाट ल्याइएको हो र नियन्त्रणमा लिइएकाहरू को हुन् भन्नेबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाबारे थप जानकारी दिन प्रहरीले आज पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।











