दशैँ बिदाको मुखमा अर्थ मन्त्रालयद्वारा ८५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । दशैँको बिदा सुरु हुन चार दिनअघि अर्थ मन्त्रालयले एकैपटक ८५ जना उपसचिवको सरुवा गरेको छ । चाडपर्वको बिदा नजिकिँदै गर्दा मन्त्रालयले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको हो ।
सरुवामा विभिन्न निकायमा कार्यरत उपसचिवहरू परेका छन् । गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयमा कार्यरत उपसचिव अम्बिकाप्रसाद फुयाँललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, चोभार सुक्खा बन्दरगाहका निर्देशक दयानन्द केसी पनि अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
सरुवा सूचीमा ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृतसहित कर प्रशासन, राजस्व परिचालन तथा मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कार्यरत उपसचिवहरू समेटिएका छन् । सरुवा हुनेमा सुबोध खतिवडा, सन्तबहादुर ढकाल र सीता आचार्यलगायत रहेका छन् ।











