४१ जना जीवन बीमा अभिकर्ता परिक्षार्थी प्राधिकरणको कारवाहीमा

२६ आश्विन २०८३, सोमबार १३:४५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले परिक्षार्थी ४१ जना बीमा अभिकर्ता परिक्षार्थीलाई कारवाही गरेको छ। हाल नेपालमा संचालमा रहेको विभिन्न बीमा कम्पनीमा आवद्ध हुनको लागि परिक्षा दिन लागेका अभिकर्ताका परिक्षार्थीलाई परिक्षाको क्रममा बीमा ऐन विरुद्ध काम गरेको भन्दै परिक्षा रद्ध गर्दै तीन महिनासम्मको लागि अभिकर्ता परिक्षाको लागि आवेदन दिन र परिक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ ।

प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा देहायका परीक्षार्थीहरुले अनलाईन प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिदै गरेको तथा परीक्षामा अनियमितता गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समुहले पत्ता लगाएको हुँदा प्राधिकरणको निर्णयानुसार बीमा मध्यस्थकर्ता ( अभिकर्ता) परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा (५) बमोजिम परीक्षा रद्द गरी उपदफा (६) बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी तपशिल बमोजिम कारबाही गरिएको जनाएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*