बीमा प्राधिकरणमा प्रवेश गर्न अब आगन्तुक पास अनिवार्य
१० मंसिर २०८३, बिहीबार १६:५६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालयमा प्रवेश गर्न अब सेवाग्राही तथा आगन्तुकले अनिवार्य रूपमा आगन्तुक पास लिनुपर्ने भएको छ।
प्राधिकरणले ललितपुरको कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा आउने सेवाग्राही तथा आगन्तुकका लागि यस्तो व्यवस्था लागू गरेको हो।
प्राधिकरणका अनुसार कार्यालय परिसरमा प्रवेश गर्नुअघि आफ्नो परिचय खुल्ने आधिकारिक कागजात देखाउनुपर्नेछ। उक्त कागजातका आधारमा आगन्तुक पास लिएपछि मात्रै कार्यालय प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ।
प्राधिकरणले आज मंसिर १० गते सूचना जारी गर्दै यस्तो व्यवस्था गरिएकोबारे जानकारी दिएको हो। प्राधिकरणले सम्बन्धित सबै सेवाग्राही तथा आगन्तुकलाई नियम पालना गर्न अनुरोध गरेको छ।












