एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
एनआईसी एशिया बैंकले ५० प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको छ भने ग्लोबल आइएमई लघुवित्तले आफ्ना शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको छ।
एनआईसी एशिया बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ कायम भएको छ। आजको कारोबारको अन्तिम मूल्य ३२५ रुपैयाँलाई आधार बनाएको मूल्य समायोजन भएको हो। यस बैंकले हकप्रद शेयर निष्काशनका लागि भोलि मंसिर ११ गते बूक क्लोज गर्दैछ।
त्यसैगरी ग्लोबल आइएमई लघुवित्तको समायोजित मूल्य प्रतिकित्ता १०४८.११ रुपैयाँ कायम भएको छ। कम्पनीको आजको अन्तिम कारोबार मूल्य ११११ रुपैयाँलाई आधार बनाएर मूल्य समायोजन गरिएको हो। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर ११ गते बूक क्लोज गर्दैछ।











