फर्स्ट माइक्रोफाइनान्सले ११.०५ प्रतिशत नगद लाभांश दिने

२८ आश्विन २०८३, बुधबार ०९:२२

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनीको असोज २७ गते मंगलबार बसेको सञ्चालक समितिको २५९औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। कम्पनीको असार मसान्तसम्मको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्न लागिएको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीले उक्त नगद लाभांश प्राप्त गर्नेछन्। कम्पनीले यस वर्ष बोनस शेयर भने प्रस्ताव गरेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*