तिब्बतमा जन्मिएका कर्माछिरिङ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

२८ आश्विन २०८३, बुधबार ११:२८

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा जन्मिएका कर्माछिरिङ शेर्पा काठमाडौंमा भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा शेर्पाले आदिवासी तर्फबाट केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका थिए । कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उनले पार्टीभित्र आदिवासी जनजातिको प्रतिनिधित्वलाई प्रभावरी बनाउँदै राज्यका विभिन्न तहमा अर्थपूर्ण सहभागिताका लागि निरन्तर आवाज उठाउने बताएका छन् ।

उनी वि.सं. २०७५ सालमा एन्फाको अध्यक्षमा निर्वाचित भएर २०७९ सालसम्म अर्थात् चार वर्ष एन्फाको नेतृत्व गरेका थिए । उनी नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य तथा नेपाल तरुण दलमा जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । खेल क्षेत्रमा लामो अनुभवका साथसाथै चर्चा समेत कमाएका शेर्पा तिब्बतमा जन्मिएर नेपाली नागरिकता लिएका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*