आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ को विन्दुमा कायम हुँदा कारोबार रकम चार अर्ब नाघेको छ।
आज १ करोड १६ लाख ६२ हजार २९३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ६० लाख ४४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
यसदिन कुमारी बैंक, घलेम्दी हाइड्रो, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, सिटी होटल, माउन्टेन इनर्जी नेपाल, १०.७५% एसबिएल डिबेन्चर २०८९, ग्रीन भेन्चर्स, नेपाल बैंक र लिवर्टी इनर्जीको शेयर सर्वाधिक किनबेच भएको छ।











