माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी पुनः नियुक्त

२८ आश्विन २०८३, बुधबार १९:२५

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रोशन केसी पुनः नियुक्त भएका छन्। बैंकको असोज २८ गते बसेको सञ्चालक समितिको ५६७औँ बैठकले केसीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

केसी नेपालका सफल तथा सम्मानित युवा व्यवसायीका रूपमा परिचित छन्। औद्योगिक, व्यावसायिक तथा व्यापारिक क्षेत्रमा एक दशकभन्दा बढी समयको अनुभव हासिल गरेका केसीले नेपालको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्।

केसीले सन् २०२३ नोभेम्बर २३ देखि माछापुच्छ्रे बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्। उनी सन् २०१४ डिसेम्बर १२ मा बैंकको सञ्चालकका रूपमा आबद्ध भएका थिए। यसअघि उनले सन् २०१७ अप्रिल २७ देखि सन् २०१९ जनवरी ४ सम्म पनि बैंकको अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

बैंकको अध्यक्षका साथै केसी प्रतिष्ठित केसी ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशकसमेत हुन्। उनी सिक्लेस हाइड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड तथा गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलगायतका विभिन्न कम्पनी तथा उद्योगमा समेत आबद्ध छन्।

केसीले व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) तथा सिभिल इन्जिनियरिङमा स्नातक तहको अध्ययन पूरा गरेका छन्। व्यावसायिक क्षेत्रको अनुभव, शैक्षिक योग्यता तथा नेतृत्वदायी भूमिकाका कारण उनी विभिन्न आयोजना तथा व्यावसायिक पहलमा संलग्न रहँदै आएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*