सिद्धार्थ बैंकको १ लाख २१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२९ आश्विन २०८३, बिहीबार ०८:३२

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडका संस्थापक शेयरधनी श्याम सुन्दर खेतानले आफ्नो नाममा रहेको १ लाख २१ हजार १२५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। बैंकले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर आवश्यक कागजातसहित लिखित आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नआएमा वा प्राप्त आवेदनबाट सबै शेयर खरिद नभएमा बाँकी शेयर अन्य व्यक्ति वा संस्थालाई समेत बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*