सवारी बीमा नवीकरणमा प्रशासनिक झन्झट हटाउने सरकारको निर्णय

१ कार्तिक २०८३, आईतवार १२:४५

काठमाडौं । सरकारले सवारीसाधनको बीमा तथा बीमा नवीकरण प्रक्रियालाई सहज बनाएको छ । अब सवारीधनी यातायात व्यवस्था कार्यालयमा उपस्थित नभए पनि सवारीसाधनको बीमा वा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो । पूर्वाधार विकास मन्त्रालयको मन्त्रीस्तरीय बैठकले सवारीसाधन दर्ता, नामसारी तथा बीमा नवीकरण प्रक्रियालाई सहज बनाउने निर्णय गरेको हो ।

नयाँ व्यवस्थाले सवारीधनीलाई बीमा तथा नवीकरणका लागि यातायात व्यवस्था कार्यालयमा आफैँ उपस्थित हुनुपर्ने बाध्यता हटाएको छ । यसबाट सवारीधनीको समय र खर्च बचत हुनुका साथै सेवा प्रवाहसमेत सहज हुने अपेक्षा गरिएको छ ।सरकारले निजी तथा सार्वजनिक सवारीसाधनको दर्ता र नामसारी प्रक्रियामा समेत सहजीकरण गरेको छ । अब पहिलो पटक नामसारी गर्दा डिलरले यातायात व्यवस्था कार्यालयमा गरेको जाँचलाई मान्यता दिइनेछ । त्यसका लागि पुनः कार्यालयमा सवारीसाधन लगेर जाँच गराउनुपर्ने छैन ।

त्यस्तै, खरिदकर्ता कार्यालयमा उपस्थित हुन नसके वारेसनामामार्फत अधिकृत व्यक्तिको उपस्थितिमा दर्ता तथा नामसारी प्रक्रिया पूरा गर्न सकिने व्यवस्था गरिएको छ ।

विभागले सवारीसाधन दर्ता प्रणाली ९भीआरएस० सँग सम्बन्धित प्राविधिक पहुँच विस्तार गरी नामसारी प्रक्रियालाई थप व्यवस्थित बनाउने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*