४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सुरु

९ कार्तिक २०८३, सोमबार १०:०३

काठमाडौं । कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण अवरुद्ध भएको मिस्ट्री खोला जलविद्युत आयोजनाको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको छ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा सञ्चालित ४२ मेगावाट क्षमताको मिस्ट्री खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत् प्रसारण असोज ११ गतेदेखि अवरुद्ध भएको थियो।

माउन्टेन इनर्जी नेपाल लिमिटेडका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावरहरूमा क्षति पुगेपछि आयोजनाको विद्युत् प्रसारण रोकिएको थियो। असोज १९ गते कालीगण्डकी नदीमा आएको भीषण बाढीपहिरोका कारण उक्त क्षेत्रमा थप क्षति पुगेको कम्पनीले जनाएको छ।

क्षतिग्रस्त टावरहरूको मर्मतसम्भार सम्पन्न भएपछि असोज ३१ गतेदेखि आयोजनाको विद्युत् प्रसारण पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*