भिजन लुम्बिनी ऊर्जाको लाभांश घोषणा
९ कार्तिक २०८३, सोमबार ०९:३८

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको असोज ३० गते दिउँसो साढे ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको वितरणयोग्य रकमबाट कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको ३.६८४२ प्रतिशतले हुन आउने ७ करोड ४ लाख ६० हजार ५२६.३२ रुपैयाँ प्रचलित कानून बमोजिम करकट्टी गरी नगद लाभांश (जसमध्ये ०.१८४२ प्रतिशत कर प्रयोजनका लागि विनियोजन हुने) वितरण गर्ने निर्णय गरेको हो।











