इलाममा बोलेरो दुर्घटना, २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

९ कार्तिक २०८३, सोमबार ०९:५४

काठमाडौं । इलाममा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बिहान देउमाई नगरपालिका–१, चमैतास्थित चौँरीबजार जाँदै गरेको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट खस्दा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा देउमाई नगरपालिका–१, चमैताका २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*