११ जना प्रहरी कर्मचारी बेपत्ता, सात दिनभित्र हाजिर हुन निर्देशन

१० कार्तिक २०८३, मंगलवार ०९:२०

काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि जानकारीबिना कार्यालयमा अनुपस्थित रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ।

प्रहरीले गैरहाजिर कर्मचारीलाई तोकिएको समयसीमाभित्र आफू कार्यरत कार्यालयमा उपस्थित हुन आग्रह गरेको हो। हाजिर हुन निर्देशन दिइएकामा एक जना प्रहरी हवल्दार र १० जना प्रहरी जवान रहेका छन्।

प्रहरी हवल्दार दिलिपकुमार सिंह तथा प्रहरी जवानहरू अनिल परियार, संगम बिसी, सजीव राई, समिर लिम्बु, सन्तोष तामाङ, विनोद दरै, टोपबहादुर सुनार, यसोदा कुमारी बोगटी, करनबहादुर बिष्ट र अम्मर सिंह साउद कार्यालयमा गैरहाजिर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सम्बन्धित कर्मचारीको खोजतलास गर्दा र प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत उनीहरू कार्यालयको सम्पर्कमा आएका छैनन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*