एशियन लाइफका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले दिए राजीनामा
१० कार्तिक २०८३, मंगलवार १०:१२

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक हेमबहादुर कार्कीले सञ्चालक पदबाट राजीनामा दिएका छन्।
कार्कीले कार्य व्यस्तताको कारण देखाउँदै कात्तिक ९ गते सोमबार राजीनामा पेश गरेका थिए। उक्त राजीनामा उपर निर्णय गर्न कात्तिक १० गते मंगलबार बिहान ९ बजे बसको सञ्चालक समितिको २२४औं बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।











