साउदी अरबमा रहेका नेपालीलाई सतर्क रहन र अपुष्ट सूचना नफैलाउन दूतावासको आग्रह

१० कार्तिक २०८३, मंगलवार ११:५०

काठमाडौं । साउदी अरबको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

दूतावासले सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको समयमा बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै साउदी अबका आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ।

दूतावासले आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा राख्न वा अरूलाई पठाउन पनि आग्रह गरेको छ। त्यस्तै साउदी अरबबाट नेपाल वा अन्य देशमा हवाई यात्रा गर्नुअघि आफ्नो उडानको तालिका परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट यकिन गर्न दूतावासले अनुरोध गरेको छ।

आवश्यक परेमा रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न पनि साउदी अरेबियामा रहेका नेपाली नागरिकलाई आग्रह गरिएको छ। पछिल्लो समय यमनका हुथी विद्रोही समूहले आउदी अरबका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोन आक्रमण गरिरहेकाले सुरक्षा अवस्था तनावपूर्ण बन्दै गएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*