कौशलटारमा यात्रुवाहक बसमा आगलागी

१० कार्तिक २०८३, मंगलवार १२:०६

काठमाडौं । भक्तपुरको कौशलटार चोकस्थित सडकखण्डमा काठमाडौंबाट च्यामासिंहतर्फ जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ।

बा ३ ख ९६६३ नम्बरको बसमा मंगलबार बिहान करिब ११ः१० बजे एक्कासि धुवाँ निस्किएपछि आगलागी भएको हो।

बसमा चालकसहित २० जना सवार रहेकामा सबै सकुशल रहेको र घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*