प्रेस स्वतन्त्रता र लोकतन्त्रको माग गर्दै पत्रकारहरु आन्दोलित

१४ कार्तिक २०८३, शनिबार १२:१२

काठमाडौं । सरकारले पत्रकार र सञ्चारगृहमाथि गरेको धरपडकको विरोधमा पत्रकारहरुले आज लोकतन्त्र र प्रेस स्वतन्त्रताको माग गर्दै माइतीघर मण्डलामा मौन धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासङ्घको आयोजनामा प्रेस स्वतन्त्रता सुनिश्चित गर्न माग गर्दै माइतीघर मण्डलमा पत्रकारहरूले प्रदर्शन गरेका हुन्। बर्षाका बीचमा पनि पानीमा रुझ्दै दर्जनौं पत्रकारहरुले सरकारको खवरदारी गरेका छन् । सरकारले समाचार कक्षमै पत्रकारहरु पठाएर धरपडक गरेको विरोधमा सदन, इजलास र समाचार कक्षको मर्यादा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आन्दोलनमा उत्रिएका पत्रकारहरुले बिचौलिया, प्रधानमन्त्री, न्यायाधीश बीचको कनेक्सन छानविन हुनुपर्ने, लोकतन्त्र र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिनुपर्ने माग गरेका थिए ।

शुक्रबार दिउँसोदेखि नै सादा पोशाकमा प्रहरीहरु पठाएर सरकारले विभिन्न सञ्चारगृहमाथि धावा बोलेको थियो । त्यसको चौतर्फी विरोधपछि पक्राउ परेका तीन जनालाई साँझ रिहा गरिएको थियो भने पक्राउ गर्न समाचार कक्षमा पुगेका प्रहरीहरु त्यतिकै फर्केका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*