भारी हिमपातपछि मुस्ताङको नाका बन्द, चीनतर्फको व्यापार ठप्प
१४ कार्तिक २०८३, शनिबार १३:५९

काठमाडौं । हिजोदेखि परिरहेको अविरल बर्षाका कारण नेपाल चीन व्यापारको प्रभावकारी एक मात्र कोरोला नाका पनि बन्द हुन पुगेको छ । यसअघि बाढी र अत्याधिक पहिरोका कारण तातोपानी नाका र रसुवा गढी नाका बन्द अवस्थामा छन् ।
भारी हिमपातसँगै सडक यातायात अबरुद्ध भएसँगै मुस्ताङको कोरोला नाका सञ्चालन गर्न सक्ने अवस्था नै नरहेको त्यहाँ रहेका एक कर्मचारीले जानरकारी दिएका छन् । उता, हुम्लाको हिल्सा नाका पनि भारी हिमपातका कारण अबरुद्ध हुन पुगेको छ । हिल्साबाट हुम्लाका लागि मात्रै आवत जावत र सामान आयात गर्न सकिन्छ ।
चीनतर्फको नाका अबरुद्ध भएसँगै तिहारका लागि काठमाडौं आउँदै गरेका थुप्रै सामानहरु चीनतर्फ नै अड्किएको प्यूखास्थित एक मेसका सञ्चालकले बताए ।












