तीन महिनामा सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ३ करोड ३४ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा ३ करोड ३४ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ । तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा भने ६२ प्रतिशतले कम हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
तीन महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ५० करोड ९८ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ५४ करोड ९१ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६ करोड ३३ लाख ३७ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६ करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन मुनाफा ५ करोड ३१ लाख ३८ हजार रुपैयाँमा रहेको छ । गत वर्षको सोही अवधिमा बैंकले १२ करोड ५३ लाख ८७ हजार रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य मुनाफा भने १३ करोड २७ लाख रुपैयाँले ऋणात्मक रहेको हो ।
त्यस्तै, बैंकको करअघिको नाफा ४ करोड ७८ लाख २ हजार रुपैयाँ रहेको छ । असोज मसान्तसम्म बैंकले ५७ अर्ब ९५ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४७ अर्ब ९ करोड ९८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको खराब कर्जा अनुपात भने बढेर ७.६४ प्रतिशत पुगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा रहेको छ।











