अम्बे स्टिल कम्पनीमा आगलागी, क्षतिको विवरण आउन बाँकि

१५ कार्तिक २०८३, आईतवार १२:५१

काठमाडौं । जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् ।

आज बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । घटनामा कति क्षति भएको हो भन्ने एकिन नभईसकेको कम्पनीले जनाएको छ ।

आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन् । घाइतेहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएकोमा थप उपचारका लागि दुई जनालाई भारतको लखनउ रिफर गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*