वाणिज्य बैंकको टाउको दुखाइ बन्दै खराब कर्जा: प्रभु र एनआईसीको उच्च, ८ बैंकको ५ प्रतिशत माथि

१५ कार्तिक २०८३, आईतवार १३:१५

काठमाडौं । वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म २० वाणिज्य बैंकको औसत खराब कर्जा ५.६४ प्रतिशत पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा यस्तो कर्जा औसत ४.८६ प्रतिशत रहेको थियो । यससँगै एक वर्षको अवधिमा बैंकहरूको औसत खराब कर्जा ०.७८ प्रतिशत बिन्दुले बढेको छ ।

बैंकहरूले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार प्रभु बैंकको खराब कर्जा सबैभन्दा बढी १४.८० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ५.७८ प्रतिशत थियो । एक वर्षमा बैंकको खराब कर्जा ९.०२ प्रतिशत बिन्दुले बढेको छ ।

खराब कर्जाको उच्च दरका आधारमा प्रभु बैंकपछि एनआईसी एसिया बैंक दोस्रो स्थानमा रहेको छ । बैंकको खराब कर्जा गत वर्षको ६.९९ प्रतिशतबाट बढेर ९.८१ प्रतिशत पुगेको छ । त्यस्तै, नबिल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा ६.६३ प्रतिशतबाट बढेर ८.८७ प्रतिशत पुगेको छ ।

कुमारी बैंकको खराब कर्जा ६.९८ प्रतिशतबाट बढेर ८.७२ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ७.३९ प्रतिशतबाट बढेर ७.९८ प्रतिशत पुगेको छ । प्राइम बैंकको खराब कर्जा पनि ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ ।

त्यसैगरी, सिटिजन्स बैंकको खराब कर्जा ६.८४ प्रतिशतबाट घटेर ६.८० प्रतिशतमा झरेको छ । लक्ष्मी सनराइज बैंकको ५.४२ प्रतिशतबाट बढेर ५.५८ प्रतिशत पुगेको छ भने एनएमबी बैंकको ४.५८ प्रतिशतबाट बढेर ४.९२ प्रतिशत पुगेको छ ।

कृषि विकास बैंकको खराब कर्जा ४.७८ प्रतिशतबाट सामान्य बढेर ४.७९ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशतबाट घटेर ४.७९ प्रतिशतमा झरेको छ । नेपाल बैंकको खराब कर्जा ५.४९ प्रतिशतबाट घटेर ४.६१ प्रतिशत पुगेको छ भने नबिल बैंकको ४.३१ प्रतिशतबाट घटेर ४.०६ प्रतिशतमा सीमित भएको छ ।

माछापुच्छ्रे बैंकको खराब कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.८३ प्रतिशतबाट बढेर ३.८९ प्रतिशत, सिद्धार्थ बैंकको ३.८० प्रतिशतबाट घटेर ३.७० प्रतिशतमा झरेको छ ।

नेपाल एसबीआई बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ । सानिमा बैंकको ३.९१ प्रतिशतबाट घटेर २.८६ प्रतिशतमा झरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा १.७१ प्रतिशतबाट बढेर १.८३ प्रतिशत पुगेको छ ।

यस अवधिमा सबैभन्दा कम खराब कर्जा एभरेस्ट बैंकको रहेको छ । बैंकको खराब कर्जा गत वर्षको ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशतमा झरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*