जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा कात्तिक १६ गतेदेखि
१५ कार्तिक २०८३, आईतवार १३:२८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा कात्तिक १६ देखि १९ गतेसम्म सञ्चालन गर्ने भएको छ।
बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्तालाई परीक्षा लिएपछि मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले परीक्षा सञ्चालन गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार कात्तिक १६ गते सोमबारदेखि सुरु हुने परीक्षा १९ गते बिहीबारसम्म लगातार चार दिन सञ्चालन हुनेछ। प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ः३० बजेसम्म परीक्षा हुनेछ। परीक्षा प्राधिकरणको केन्द्रीय कार्यालयबाट अनलाइन माध्यममा सञ्चालन गरिने सूचनामा उल्लेख छ।











