दाङमा आठ भूमिहीन दलित परिवारले पाए जग्गाधनी पुर्जा
१५ कार्तिक २०८३, आईतवार १४:२०

कागमाडौं । जिल्ला भूमि समस्या समाधान समितिले दाङका आठ भूमिहीन दलित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।
समितिका अनुसार गढवा गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका परिवारलाई पुर्जा उपलब्ध गराइएको हो। गढवा गाउँपालिका–३ अन्तर्गत साविक गोबरडिया गाविस वडा नं. ६ ‘ख’ का पाँच परिवारले जग्गाधनी पुर्जा पाएका छन्।
त्यस्तै लमही नगरपालिका–३ अन्तर्गत साविक सोनपुर वडा नं. ५ ‘क’ का दुई परिवार र राप्ती गाउँपालिका–१ अन्तर्गत साविक लालमटिया वडा नं. ३ ‘त’ का एक परिवारले पनि पुर्जा प्राप्त गरेका छन्।











