आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

१६ कार्तिक २०८३, सोमबार १५:०३

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा कायम भएको छ। आज ७ अर्ब १८ करोड ३७ लाख १३ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।

यसदिन घलेम्दी हाइड्रो लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, ग्रिन भेन्चर्स लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*