नेप्से ३२ अंकले घट्दापनि यी कम्पनीको शेयरमूल्य बढ्यो

काठमाडौं । आज सोमबार नेप्से ३२.६५ अंकले घटेर २६५७.५० को विन्दुमा कायम भएसँगै २५२ सूचीकृत कम्पनीहरुको शेयरमूल्यमा गिरावट आएको छ। यद्यपि आज २१ वटा कम्पनीहरुको शेयरमूल्य भने बढेको छ।
आज बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, एनआईसी एसिया बैंक लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, रिलायबल समृद्धि योजना, गरिमा ऋणपत्र २०८५, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड, मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक बढेको छ।











