राष्ट्रिय वाणिज्य बैंकको ३ अर्बको ऋणपत्र बाँडफाँड

१७ कार्तिक २०८३, मंगलवार ०७:३२

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले निष्कासन गरेको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ ऋणपत्रको बाँडफाँड सम्पन्न गरेको छ ।

बैंकले ७ वर्ष अवधिको उक्त ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरमा निष्कासन गरेको थियो । प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिएको थियो ।

यसअनुसार बैंकले कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो । उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशत ब्याज प्राप्त गर्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*