कालंगा हाइड्रोको नाफा ६ करोड ७३ लाख, अधिकांश वित्तीय सूचकमा सुधार

१७ कार्तिक २०८३, मंगलवार ०८:१९

काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ३ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद नाफा ७४.९८ प्रतिशतले बढेको छ ।

कम्पनीको सञ्चालन आम्दानी पनि सामान्य बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले १६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १५ करोड ९६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ११ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल नाफा ११ करोड २६ लाख रुपैयाँ थियो । कम्पनीको परियोजना सम्पत्तिको ह्रासकट्टी तथा परिशोधन खर्च ४ करोड ७ लाख रुपैयाँ रहेको छ ।

पहिलो त्रैमाससम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने सञ्चित कोषमा ९ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा र वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८८ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ६७ पैसा रहेको कम्पनीको सेयरको बजार मूल्य ४९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०३.३१ गुणा रहेको छ ।

कम्पनीको कुल सम्पत्ति ४ अर्ब ३२ करोड ६१ लाख रुपैयाँ पुगेको छ । दीर्घकालीन कर्जा २ अर्ब ७७ करोड ७२ लाख रुपैयाँ र चालु दायित्व ५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*