सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट कम्पनी, अर्थमन्त्रीले गरे सम्मान

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट घोषित भएको छ । आज मंसिर १ गते कर दिवसको अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विशेष कार्यक्रम सहित सम्मान गरेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका सिइओ विरेन्द्र वैदवार क्षेत्रीलाई अर्थमन्त्री डा. वाग्लेले सम्मानपत्र सहित सम्मान गरेका हुन् ।

आन्तरिक राजश्व विभागद्वारा आयोजित करदाता सम्मान कार्यक्रममा आव २०८१।०८२ निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट सबैभन्दा कर तिरेर उत्कृष्ट कम्पनीको रुपमा सम्मानित भएको हो । सिद्धार्थ प्रियिमर इन्स्योरेन्स कम्पनीले उक्त आवमा उत्कृष्ट व्यवसाय गरेको थियो । साथै नेपाल सरकारलाई सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट भएको हो । नेपाल सरकारबाट सम्मान प्राप्त गरेपछि व्यवसाय बृद्धि गर्न थप हौसला मिलेको सिईओ वैदवारले बताए ।
सरकारले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।











