आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

७ मंसिर २०८३, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन सोमबार नेप्से सूचकांक २.२६ अंकले बढेर २ हजार ६२३.५६ को विन्दुमा कायम भएको छ भने बैंकिङ्गसहित चार उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावरसहित बाँकी नौं उपसूचक राताम्मे बनेको छ।

यसदिन नेप्सेमा सूचीकृत ३६० कम्पनीहरुको १ करोड ८ लाख २६ हजार ९१३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यसदिन ग्लोबल आइएमई बैंकको शेयर सर्वाधिक किनबेच भएको छ।

त्यसपछि लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, भिजन लुम्बिनी ऊर्जा कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स र अपी पावरको शेयर सर्वाधिक खरीदबिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*