त्रिभुवन विमानस्थलबाट दुई किलो सुनसहित चिनियाँ महिला पक्राउ

९ मंसिर २०८३, बुधबार ०७:५१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा बढी अवैध सुन सहित दुई जना चिनियाँ महिला नागरिक पक्राउ परेका छन् ।

क्याथे प्यासेफिक एअरलाइन्सको उडानबाट गएराति काठमाडौं आएका उनीहरुको साथबाट प्रहरीले चेकजाँचका क्रममा सुन फेला पारेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ हजार ३४८ ग्राम सुन बरामद गरेको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*