महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर, कुन कुन पदमा ?
१० मंसिर २०८३, बिहीबार १०:०२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेसनसिप म्यानेजर र रिलेसनसिप अफिसर पदमा केही कर्मचारी नियुक्त गर्न लागेको हो ।
बैंकले ब्रान्च म्यानेजर पदका लागि सुपरभाइजर, जुनियर अफिसर तथा अफिसर तहमा कर्मचारी माग गरेको छ । त्यस्तै, रिलेसनसिप म्यानेजर पदमा जुनियर अफिसर र रिलेसनसिप अफिसर पदमा असिस्टेन्ट, सिनियर असिस्टेन्ट तथा सुपरभाइजर तहका लागि आवेदन खुला गरेको छ ।
उक्त पदहरूमा इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम म्याद २०८३ मंसिर २३ गते रहेको बैंकले जनाएको छ ।












