विजय लघुवित्तको संस्थापक शेयर बिक्री गरेर बाहिरिँदै ज्ञवाली

१० मंसिर २०८३, बिहीबार १०:१०

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक शेयरधनी खेमानन्द ज्ञवालीले आफ्नो नाममा रहेको १० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्।

संस्थाले २०८३ मंसिर १० गते एक सूचना प्रकाशित गर्दै उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवेदन दिन आग्रह गरेको छ।

संस्थाका अनुसार संस्थापक शेयर खरिद बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीलाई पहिलो प्राथमिकता दिनुपर्ने व्यवस्था छ। सोहीअनुसार इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा सम्पर्क गरी आवेदन दिन सक्नेछन्। शेयरको बिक्री मूल्य भने बिक्रेता स्वयंले तोकेबमोजिम हुनेछ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीबाट खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्तिलाई शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*