चिरख्वा हाइड्रोपावरका संस्थापक शेयरधनी कार्कीले ५६ हजार कित्ता शेयर बेच्ने
१० मंसिर २०८३, बिहीबार १०:२६

काठमाडौँ । चिरख्वा हाइड्रोपावर लिमिटेडका संस्थापक शेयरधनी डम्बरबहादुर कार्कीले आफ्नो स्वामित्वमा रहेको ५६ हजार कित्ता शेयर बिक्री गर्ने भएका छन्। कम्पनीले कार्कीले उक्त परिमाणको संस्थापक शेयर बिक्री गर्न चाहेको जानकारी दिएको हो।
कम्पनीका अनुसार कार्कीले आगामी तीन महिनाभित्र शेयर बिक्री गर्ने आशयसहित कम्पनीसमक्ष निवेदन पेस गरेका छन्। उनले आफ्नो नाममा रहेको ५६ हजार कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।











