बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?
१० मंसिर २०८३, बिहीबार १०:४९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ८ हजार १६० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ७५ रुपैयाँमा कारोबार भइरहेको हो ।











