कारोबार बन्द गर्ने निर्णयसँगै राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज

१० मंसिर २०८३, बिहीबार १३:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित राष्ट्रिय मनिचेञ्जर प्रालिको मनिचेञ्जर कारोबार गर्ने इजाजतपत्र खारेज गरेको छ ।

राष्ट्र बैंकको धनगढी कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । भीमदत्त नगरपालिका–४, महेन्द्रनगरमा रहेको उक्त कम्पनीले भारतीय मुद्रा (भारु) खरिद–बिक्रीको कारोबार गर्दै आएको थियो ।

कम्पनीले आफ्नो सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेपछि इजाजतपत्र खारेज गरिदिन राष्ट्र बैंकसमक्ष स्वैच्छिक निवेदन दिएको थियो । सोही निवेदनका आधारमा ‘नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित)’ को विनियम २२ बमोजिम बैंकले इजाजतपत्र खारेज गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*