सानिमा बैंकको डिजिटल बैंकिङ सेवा शुक्रबार दुई घण्टा बन्द हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडका विद्युतीय भुक्तानी (डिजिटल बैंकिङ) सम्बन्धी सेवाहरू शुक्रबार राति करिब दुई घण्टाका लागि अवरुद्ध हुने भएका छन् ।
बैंकले योजनाबद्ध रूपमा गर्न लागेको प्राविधिक स्तरवृद्धि तथा प्रणाली मर्मतका कारण डिजिटल बैंकिङ सेवा अस्थायी रूपमा बन्द गर्न लागेको जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार २०८३ मंसिर ११ गते शुक्रबार राति ११ः४५ बजेदेखि मंसिर १२ गते शनिबार बिहान ३ः४५ बजेसम्मको अवधिमा करिब दुई घण्टा विद्युतीय भुक्तानीसम्बन्धी सेवाहरू प्रभावित हुनेछन् ।
उक्त अवधिमा ग्राहकले डिजिटल बैंकिङमार्फत हुने भुक्तानी तथा अन्य कारोबार गर्न नपाउने हुन सक्ने भएकाले आवश्यक कारोबार समयमै गर्न बैंकले आग्रह गरेको छ । प्रणाली मर्मत तथा स्तरवृद्धिका क्रममा ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ ।











