माओवादी नेता वर्षमान पुन माघ १० गते नेपाल फर्कने

८ माघ २०७८, शनिबार ११:५९

काठमाडौं । पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनः यही माघ १० गते सोमबार नेपाल फर्कने भएका छन् । बंशाणुगत जण्डिसबाट ग्रस्त भएपछि केही महिनादेखि चीनमा उपचार गराइरहेका नेता पुनले यही १० गते स्वास्थ्य लाभ गरी नेपाल फर्कने लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

यसअघि पनि भारत र थाईल्याण्डमा उपचार गराएर फर्केका नेता पुनको स्वास्थ्य अवस्था गत असारदेखि नै बिग्रदै गएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*