सुन तोलामा १ हजार ६ सय रुपैयाँले घट्यो
४ फाल्गुन २०७८, बुधबार ११:५८

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा भारि गिरावट आएको छ । मंगलबार तोलामा १ हजार २ सय रुपैयाँमा वृद्धि भएको सुन बुधबार भने तोलामा १ हजार ६ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजावी सुुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, मंगलबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको चाँदी बुधबार भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।













