बसको ठक्करबाट बालाजुमा दुई पैदलयात्रीको मृत्यु
५ फाल्गुन २०७८, बिहीबार ११:५४

काठमाडौं । काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुईजना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गंगा हल अगाडिको सडकमा एक पुरुष र एक महिलाको बसको ठक्करबाट मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुने पुरुषमा रसुवाका १८ वर्षीय विकास तामाङ रहेका छन् भने अर्की महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।













